काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै किसिमको अन्तरविरोध नरहेको बताएका छन्।
बिहीबार संसद् भवन परिसर सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले रास्वपाका नेता तथा कार्यकर्ता एकीकृत भएर अघि बढिरहेको दाबी गरे।
उनले आफूहरू सत्तापक्षमा रहे पनि संसद्मा जनताका समस्या, मुद्दा र आवाज उठाउनु जनप्रतिनिधिको मुख्य जिम्मेवारी भएको बताए। सरकारमा रहेकै कारण जनताका सवाल उठाउनबाट पछि हट्न नहुने उनको भनाइ थियो।
सांसद सिंहले वर्तमान सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले सरकार असफल हुने छुट नरहेको बताए। उनले सरकार पाँच वर्षसम्म चल्ने र सफल हुने दाबीसमेत गरे।
देशमा सकारात्मक परिवर्तन ल्याउन सरकारलाई आवश्यक सहयोग गर्दै आफूहरू पाँच वर्षसम्म निरन्तर काम गर्ने उनले बताए।






















प्रतिक्रिया