हिम्लुङ हिमाल हिमपहिरोमा बेपत्ता ८ जनाको शव फेला, उद्धार कार्य जारी


मनाङ । आश्विन १५ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ।

फेला परेका शव उद्धार गर्ने क्रममा नेपाली सेनाको हवाई साधनमार्फत २ वटा शव चामे र ६ वटा शव फूगाउँसम्म ल्याइएको नेपाली सेनाले जनाएको छ।

हिमपहिरोमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले निरन्तरता दिइरहेको छ। उद्धारका क्रममा नेपाली सेनाको हवाई साधन प्रयोग गरिएको हो।