महोत्तरी । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीसहित प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाको अनुगमन गर्नुभएको छ।
मिति २०८३ असोज १५ गते महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका गतिविधि, सीमा सुरक्षा व्यवस्थापन तथा नाकाको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा उहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा जिम्मेवारी क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न सम्बन्धित सुरक्षा अधिकारी तथा जवानहरूलाई निर्देशन दिनुभएको जनाइएको छ।






















प्रतिक्रिया