एमालेका मनोनीत केन्द्रीय सदस्यको आज शपथग्रहण


काठमाडौँ । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधानअनुसार ३३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो ।

मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला रहेका छन् ।

त्यस्तै, अन्य पार्टीबाट एमालेमा समायोजन भएका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

सोही केन्द्रीय कमिटी बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो । स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन् ।