महाधिवेशनस्थल पुगेर उपसभापति शर्माले गरे तयारीको अवलोकन


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनस्थलको अवलोकन गर्न पुगेका छन्।

कांग्रेसले काठमाडौंको खुलामञ्चमा आयोजना गर्न लागेको महाधिवेशनको तयारीका क्रममा उपसभापति शर्मा शुक्रबार महाधिवेशनस्थल पुगेका हुन्।

अवलोकनका क्रममा उनले महाधिवेशनका लागि निर्माण गरिएका विभिन्न संरचना तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए।

महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न खुलामञ्चमा आवश्यक संरचना निर्माण तथा व्यवस्थापनको काम भइरहेको कांग्रेसले जनाएको छ।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा नेता–कार्यकर्तालाई लक्षित गर्दै आवश्यक तयारी अघि बढाइएको छ।