काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा कांग्रेसले विभिन्न दलका नेताहरूलाई शुभकामनाका लागि निमन्त्रणा गरेको छ।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने कांग्रेस नेताहरूले बताएका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि उद्घाटन समारोहमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।
कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गरेको छ। देउवा उपस्थित नभए सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ।
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। एमालेका अनुसार महासचिव शंकर पोखरेलले एमालेको प्रतिनिधित्व गर्नेछन्।






















प्रतिक्रिया