काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ नै थियो। महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ।
त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।






















प्रतिक्रिया