प्रतिमा गौतमको कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर गौतमले सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।

कांग्रेस महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ। गौतमले पनि सोही क्रममा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।