महामन्त्रीमा उम्मेदवारी दिने तयारी तीन वर्षदेखि नै थियो : नैनसिंह महर


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर महरले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले आफूले करिब तीन वर्षअघिदेखि नै महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए। उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको स्पष्ट पारे।

महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई थप बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए। पार्टीभित्रको एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर आफू अघि बढेको उन