काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन फेरि सरेको छ। निर्वाचन समितिले अब दिउँसो २ः३० बजेबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ।
निर्वाचन समितिका सदस्य सुजन लोप्चनका अनुसार आवश्यक सबै मतपत्र समयमै आइपुग्न नसकेपछि मतदान प्रक्रिया प्रभावित भएको हो। मतपत्र आएपछि हस्ताक्षरलगायतका प्रक्रिया पूरा गरेर मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए।
‘अहिले केही आउन थालेको छ। हामी मतपत्रमा हस्ताक्षर गर्न तयार भएर बसेका छौँ। प्रेसबाट प्राविधिक समस्या भएको भन्दै मतपत्र समयमै आइपुगेको छैन। २ः३० बजेबाट मतदान प्रक्रिया सुरु हुने कुरा छ,’ लोप्चनले भने।
यसअघि पनि विभिन्न कारणले कांग्रेस महाधिवेशनअन्तर्गतको मतदान समय पटक–पटक परिवर्तन भएको थियो। केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरूले मतदान गर्नेछन्।




















प्रतिक्रिया