कांग्रेस महाधिवेशनको मतदानमा तीव्रता, दुई घण्टामा १ हजार २९३ मत खस्यो


काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टाभित्र १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो।

मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाइएको छ। महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी हुँदै सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गरिरहेका छन्।

यस मतदानबाट पार्टीको आगामी नेतृत्व चयन हुने भएकाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको सहभागिता र चुनावी गतिविधि जारी छ। मतदान प्रक्रिया पूरा भएपछि मतगणना गरी नयाँ नेतृत्वको टुंगो लाग्नेछ।