कांग्रेस महाधिवेशनमा मतदान जारी, दुई घण्टामा १ हजार २९३ मत खस्यो


काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका हुन्।

मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७, लुम्बिनी प्रदेशबाट २०२, गण्डकी प्रदेशबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाइएको छ। महाधिवेशन प्रतिनिधिहरू सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदानमा सहभागी भइरहेका छन्।

यस महाधिवेशनबाट पार्टीको आगामी नेतृत्व चयन हुने भएकाले मतदानलाई चासोका साथ हेरिएको छ। प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ नेतृत्व छनोट गरिरहेका छन्।

मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ। त्यसबाट नेपाली कांग्रेसको आगामी नेतृत्वको टुंगो लाग्नेछ।