काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको जारी महाधिवेशनमा मतदानका क्रममा २८ वटा फरक–फरक सूची भेटिएको बताएका छन्। मतदानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा जस्तो दुईवटा गुटको सूची हेरेर मतदान गर्ने प्रवृत्ति क्रमशः परिवर्तन हुँदै गएको बताए।
थापाका अनुसार अहिले उम्मेदवारहरूले फरक–फरक पदमा आ–आफ्ना रोजाइका व्यक्तिलाई समेटेर सूची बनाउने र ह्वाट्सएपमार्फत प्रचार गर्ने गरेका छन्। कुनै सूचीमा एक जना उपसभापति, अर्कोमा फरक महामन्त्री र अन्यमा फरक सहमहामन्त्रीका उम्मेदवार समेटिएको उनले बताए।
‘अहिले मैले साथीहरूलाई भर्खर देखाएँ, २८ वटा लिस्ट आइपुगेको छ। कोही एकजना उपसभापति राखेर आएको छ, कोही अर्को महामन्त्री राखेर आएको छ, कोही अर्को सहमहामन्त्री राखेर आएको छ। अब अहिले सजिलो छ, ह्वाट्सएपमा घुमाइदियो,’ थापाले भने।
विगतमा माथिदेखि तलसम्म एउटै गुटको सूची हेरेर मतदान गर्ने चलन रहेको उल्लेख गर्दै उनले त्यसलाई एकैपटक पूर्ण रूपमा परिवर्तन गर्न कठिन हुने बताए। यद्यपि, कांग्रेसभित्र गुटगत अभ्यास सुधार्ने प्रयास गरिएको उनको भनाइ छ।
‘पहिला ठ्याक्कै दुईवटा गुट हुन्थ्यो। माथिदेखि तलसम्म चिट हेरेर हाल्ने चलन थियो। सबै एकैचोटि भत्काउन गाह्रो हुन्छ। धेरै हदसम्म सुधार्ने कोसिस गरेका छौँ,’ उनले भने।
सभापति थापाले महाधिवेशनको निर्वाचनमा पराजित हुने नेताहरूलाई पनि पार्टीभित्रै समेटेर अघि बढ्ने बताएका छन्। निर्वाचनको सानो जित–हारका कारण नेताह

















प्रतिक्रिया