काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ । मतदान निर्वाध रूपमा चलिरहेको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन् ।
भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम र कर्णालीबाट सबैभन्दा धेरै ६०६ मत खसेको छ भने गण्डकी प्रदेशबाट ३३० मत परेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको मतदानबाट पार्टीको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन हुनेछन् । महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ नेतृत्व चुन्न मतदान गरिरहेका छन् ।
मिडिया सेन्टरका प्रमुख भण्डारीका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण र निर्वाध रूपमा अघि बढिरहेको छ ।

















प्रतिक्रिया