क्यानबेरा । अस्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग शिष्टाचार भेट गरेका छन् । उनले क्यानबेरामा नेपाली दूतावास र प्रस्तावित दूतावास भवन निर्माणस्थलको अवलोकन गर्नुका साथै अस्ट्रेलियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन् ।
शुक्रबार भएको भेटका क्रममा मन्त्री खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग गरेकोमा अस्ट्रेलिया सरकार र त्यहाँका जनताप्रति धन्यवाद व्यक्त गरे । विपद्का बेला अस्ट्रेलियाले गरेको सहयोगप्रति उनले आभार प्रकट गरेका हुन् ।
भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावासको अवलोकन गर्नुका साथै प्रस्तावित दूतावास भवन निर्माणस्थलको अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि उनले अस्ट्रेलियामा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।
अन्तरक्रियामा सहभागी नेपाली समुदायका प्रतिनिधिहरूले अस्ट्रेलियामा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या, उनीहरूको संरक्षण र नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा मन्त्री खनालसमक्ष सुझाव राखेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) शाखाका उपाध्यक्ष ललित मल्ल र प्रवक्ता अशोक बस्नेतले मन्त्री खनाललाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकको सुरक्षा तथा संरक्षण, आपत्कालीन सहायता कोष स्थापना, गैरआवासीय नेपाली नागरिक

















प्रतिक्रिया