कांग्रेस महाधिवेशनमा मतदान जारी, धादिङ सभापति रामनाथ अधिकारीले गरे मतदान


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। यसक्रममा धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले पनि मतदान गरेका छन्।

कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रतिस्पर्धाका कारण महाधिवेशनको निर्वाचनलाई चासोका साथ हेरिएको छ।

मतदानमार्फत कांग्रेसको आगामी नेतृत्व चयन हुनेछ। मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।