कास्की । नेपाली कांग्रेसको संस्थापन इतर पक्षबाट पोखरा महानगर सभापतिमा मिलनप्रसाद तिवारी चयन भएका छन्। पोखरामा आयोजित भेलाले तिवारीलाई सभापति चयन गरेको हो।
कांग्रेस नेता गंगाधर पराजुलीले तिवारीको नाम सभापतिका लागि प्रस्ताव गरेका थिए। भेलामा सहभागी नेताहरूले प्रस्तावको समर्थन गरेपछि तिवारी सभापतिमा चयन भएका हुन्।
तिवारी यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि पोखरा महानगर सभापति पदका प्रत्याशी थिए। त्यतिबेला गंगाधर पराजुली पनि सभापतिका प्रत्याशी थिए।
तिवारीलाई यसअघि देउवा पक्षीय महानगर समितिको संयोजकको जिम्मेवारी दिइएको थियो। अहिले संस्थापन इतर पक्षबाट महानगर सभापतिमा चयन भएसँगै पोखरा महानगर कांग्रेसको आन्तरिक राजनीतिमा उनको भूमिका थप महत्त्वपूर्ण हुने देखिएको छ।

















प्रतिक्रिया