काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएको हो ।
विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्ने उद्देश्यले ल्याइएको यस अध्यादेशमार्फत सम्बन्धित ऐनहरूमा संशोधन गर्ने प्रक्रिया अघि बढेको छ ।
अध्यादेशमा समेटिएका संशोधनका विस्तृत व्यवस्था तथा त्यसले पार्ने प्रभावबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।


















प्रतिक्रिया