गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीका कारण मनास्लु सर्किटमा पदयात्राका लागि पुगेका पर्यटक अलपत्र परेका छन्। बाढीले विभिन्न पुल बगाएपछि पर्यटकको आवागमन प्रभावित भएको हो।
आज बिहान आएको बाढीले गोरखा र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही मोटरेबल तथा झोलुङ्गे पुल बगाएका छन्।
बाढीपछि चार जना बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
पुलहरू बगाउँदा मनास्लु सर्किट क्षेत्रमा आवतजावत कठिन बनेको छ। बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा पदयात्रीलाई सतर्कता अपनाउन आवश्यक देखिएको छ।

















प्रतिक्रिया