धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको आरुघाटस्थित स्याउली बजार बगाएको छ। आइतबार बिहान आएको बाढीले बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको हो।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले गाउँपालिकाभित्रका दुई वटा पक्की पुलसमेत बगाएको छ। बाढीले सोती र आरुघाट बजार जोड्ने पुलमा क्षति पुर्याएको जनाइएको छ।
बाढीका कारण सोती बजारका अधिकांश घरमा समेत क्षति पुगेको छ। नदीमा आएको बाढीले बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएपछि स्थानीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

















प्रतिक्रिया