काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे आन्तरिक छानबिन सुरु गरेको छ। पार्टीले छानबिन निष्कर्षमा नपुगेसम्म उनलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सुनारमाथि लागेका आरोपबारे केन्द्रीय अनुशासन आयोगलाई छानबिन गर्न निर्देशन दिइएको उल्लेख छ।
पार्टीले कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पार्दै महिलाको मर्यादा, पदीय आचरण र वित्तीय पारदर्शिताका विषयमा शून्य सहनशीलताको नीति अपनाइएको जनाएको छ।
कानुन उल्लङ्घन गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने उल्लेख गर्दै रास्वपाले सम्बन्धित राज्यका अनुसन्धान निकायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
पार्टीले सुनारमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमार्फत तथ्य स्पष्ट हुने अपेक्षा गरेको छ।


















प्रतिक्रिया