काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।
सभामुख अर्याल महासभामा सहभागी हुन असोज १८ गते तान्जानिया प्रस्थान गरेका थिए। तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म महासभा आयोजना भएको थियो।
सभामुख अर्यालको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा उनकी पत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महत्तो तथा राष्ट्रियसभा सदस्यहरू झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी थिए।
महासभामा विश्वका विभिन्न देशका संसद्का प्रतिनिधिहरू सहभागी भएका थिए। अन्तर व्यवस्थापिका संघ (आईपीयू) अन्तर्राष्ट्रिय संसदीय सहकार्य र संवादका लागि स्थापित संस्था हो। यसले विश्वभरका संसद्बीच सहकार्य अभिवृद्धि गर्ने तथा साझा चासोका विषयमा छलफल गर्ने मञ्च प्रदान गर्दै आएको छ।
महासभामा नेपाली प्रतिनिधिमण्डलको सहभागिताले अन्तर्राष्ट्रिय संसदीय संवादमा नेपालको प्रतिनिधित्व गरेको छ।

















प्रतिक्रिया