काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज बिहान करिब ४ बजे उनको शल्यक्रिया गरिएको हो। वरिष्ठ सर्जन डा. प्रशान्त वीर सिंह कंसकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको जनाइएको छ।
चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल भएको छ र काफ्लेको हालको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य रहेको छ।
पत्नीको स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री शाह अस्पताल पुगेका थिए। शल्यक्रिया भइरहँदा उनी अस्पतालमै उपस्थित रहेको बताइएको छ।
















प्रतिक्रिया