परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी राजदूतको शिष्टाचार भेटवार्ता


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकोमा लिस्टयोवतीलाई बधाई दिएका छन्। उनले राजदूतको सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।

भेटका अवसरमा नेपाल र इन्डोनेसियाबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध तथा आपसी सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्दै आपसी सहकार्यलाई मजबुत बनाउने विषयमा दुवै पक्षबीच कुराकानी भएको हो।