काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ अन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा निर्धारण गरेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको समितिले जनाएको छ।
समितिका अध्यक्षका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन सकिन्छ। यद्यपि, शुभ साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय उत्तम रहेको छ।
















प्रतिक्रिया