काठमाडौं । वरिष्ठ उद्योगी एवं समाजसेवी तथा गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयलकी आमा विमला देवी गोयलको ८१ वर्षको उमेरमा आज शुक्रबार, ०६ कार्तिक २०८३ (२३ अक्टोबर २०२६) मा निधन भएको छ।
झापाको बुधबारे मूल घर भएकी विमला देवी स्वर्गीय ओमप्रकाश गोयलकी धर्मपत्नी हुनुहुन्थ्यो। स्वर्गीय ओमप्रकाश गोयल उद्योग–व्यवसायसँगै सामाजिक तथा परोपकारी कार्यमा योगदान पुर्याएका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँ नेपालमा पहिलोपटक एम्बुलेन्स दान गर्ने व्यक्तिका रूपमा स्मरण गरिनुहुन्छ।
समाजसेवामा पुर्याएको योगदानको कदरस्वरूप स्वर्गीय ओमप्रकाश गोयललाई मरणोपरान्त ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित गरिएको थियो। नेपाल सरकारले उहाँको सम्मानमा सन् २०२५ मा १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।
विमला देवी गोयलले पारिवारिक जीवनमा साथ दिँदै स्वर्गीय ओमप्रकाश गोयलका सामाजिक तथा परोपकारी कार्यमा सहयात्रीको भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँका तीन छोरा र एक छोरी छन्। नातिहरूमा अनुराग गोयल र चिराग गोयलसहित परिवारका अन्य सदस्यहरू रहेका छन्।
विमला देवी गोयलको निधनले गोयल परिवार, आफन्तजन तथा शुभेच्छुकहरूमा अपूरणीय क्षति पुगेको छ।
















प्रतिक्रिया