लुम्बिनीको बलिङमा सुदूरपश्चिम ध्वस्त, ८७ रनमै अलआउट


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको ब्याटिङ लाइनअप ध्वस्त पारेको छ । लुम्बिनीको घातक बलिङसामु टिक्न नसकेको सुदूरपश्चिम ८७ रनमै अलआउट भएको छ ।

लुम्बिनीका बलरहरूले सुरुदेखि नै दबाब कायम राख्दै सुदूरपश्चिमका ब्याटरलाई खुलेर खेल्ने अवसर दिएनन् । लगातार विकेट गुमाएको सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सकेन र ८७ रनमै आफ्नो इनिङ्स टुंग्यायो ।

पहिलो इनिङ्समा उत्कृष्ट बलिङ प्रदर्शन गरेको लुम्बिनीले अब जितका लागि ८८ रन बनाउनुपर्नेछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनीले आफ्नो बलिङ आक्रमणबाट सुदूरपश्चिमलाई कम स्कोरमा रोक्दै बलियो सुरुवात गरेको छ ।