सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ३१० रुपैयाँ कायम भएको छ। त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार २८० रुपैयाँ निर्धारण गरिएको छ।

पछिल्लो मूल्यसूचीअनुसार सुन र चाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा बहुमूल्य धातुको कारोबारमा नयाँ मूल्य कायम भएको