राष्ट्र बैंकले बेच्दै सुनको असर्फी, कति पर्छ मूल्य ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा सर्वसाधारणका लागि बिक्री सुरु गरेको सुनको असर्फीको मूल्य निर्धारण गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम तौलको एक थान सुनको असर्फीको मूल्य ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, १० ग्राम तौलको चाँदीको मेडालियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बिहीबार र शुक्रबार बिक्री गर्नेछ। तिहारलाई लक्षित गरी बैंकले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ।