काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। जनकपुरका कप्तान हर्मीत सिंहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
एनपीएलको तेस्रो संस्करणअन्तर्गत यो १४औँ खेल हो। लुम्बिनी लायन्स पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा जनकपुर बोल्ट्स चार अंकसहित प्रतिस्पर्धामा छ। दुवै टोलीका लागि आजको खेल अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हुनेछ।

















प्रतिक्रिया