म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् । ५३ वर्षीय जिम्मी
श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ । केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यलय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो । सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ । प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीब्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन
आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ । उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो । सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो । न्गावा तिब्बती र छियाङ स्वायत्त
इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ । इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला शनिबार उक्त मृत्युदण्ड दिइएको इरान ह्युमन राइट्सले जनाएको छ । दक्षिणी सहर शिराजमा सन् २०२२ को फेब्रुवरीमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका इमान
अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिंगटनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई बोलाएका थिए । प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ
बलिउडका सुपरस्टार सलमान खानलाई हालै ज्यान मार्ने धम्की आएपछि आफ्नो सुरक्षाका लागि उनले ठूलो कदम चालेका छन् । सलमान खानले आफ्नो सुरक्षाका लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका छन्, जसको लागि उनी आयुक्तलाई भेट्न मुम्बई पुलिस स्टेशन पनि पुगेका छन् । यस क्रममा सलमान खानका कयौं तस्वीर र भिडियोहरु सामाजिक
कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् । शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फ्रेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए ।
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ । प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम ९एचआईएमएआरएस० पनि छ । एआईएमएआरएस उन्नत हतियारहरू हुन् जुन अधिक सटीक
तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरूको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ । यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै
चीनका वैज्ञानिकहरुले एउटा यस्तो माछा तयार पारेका छन् जसले सुक्ष्म प्लास्टिक अर्थात् माइक्रो प्लास्टिक खाएर आफ्नो पेट भर्दछ । योसँगै अब समुद्रबाट माइक्रोप्लास्टिकको समस्या समाधान हुने आशा जागेको छ । चीनको दक्षिण पश्चिमस्थित सिचुआन विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त विशेष रोबोटिक माछा तयार गरेका हुन् । यो रोबोटिक माछाले माइक्रोप्लास्टिक खाने गर्दछ