रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जापानदेखि अमेरिकासम्म सुनामीको चेतावनी

काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिए पनि पछि बढाएर ८.८ बनाइएको हो । भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर ९८५ माइल टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि…