एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ। उहाँले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई यस सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन अधिकार दिइसक्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले अन्य देशहरूले अमेरिकी चलचित्र निर्माता र स्टुडियोहरूलाई असर पुर्याउने गरी योजनाबद्ध रूपमा आफ्ना चलचित्र उद्योगलाई समर्थन गरिरहेको आरोप लगाउनुभएको छ। उहाँका…