नेकपाभित्र चिनियाँको बर्चसो : राजदुतको चारमहत्वपूर्ण भेटले ओलीको सरकार ढाल्न खोज्ने समुह पछि हटे

    काठमाडौं, २८ असार । चिनियाँ राजदुत होउ यान्छीले सात दिनको फरकमा चारवटा महत्वपूर्ण भेट गरिन् । पहिलो भेट १९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको छ । त्यसपछि उनले नेपाल कम्युनिस्ट पार्टीका ओलीविरोधी समुहका तीनजना मुख्य नेताहरुसँग भेटवार्ता गरिन् । २१ असारमा वरिष्ठ नेता माधवकुमार नेपाल, २३ असारमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र…