Logo

झन्डै १ कराेड लिएर अनमाेलले साइन गरे दुर्इ फिल्म

काठमाडाैँ – नेपाली फिल्म इन्डस्ट्रीका अहिलेका सुपरस्टार अनमाेल केसी युवायुवतीका ढुकढुकी हुन् । फिल्म क्षेत्रमा उनको व्यस्तता बढ्दो छ। छानेर वर्षको एउटा मात्र फिल्म खेल्ने अनमोल केसीले दुई दिनको अन्तरालमा झन्डै एक करोड लिएर दुई फिल्म साइन गरेका छन् ।

हाल चलिचत्र ‘क्याप्टेन’ काे सुटिङ्गमा व्यस्त रहेका अनमाेलले ४५ लाखमा शनिबार साँझ झरना थापाकाे निर्देशनमा बन्ने ‘ए मेराे हजुर-३’ साइन गरेका छन् भने एक दिन पछाडि अाइतबार साँझ निर्देशक मिलन चाम्सकाे नयाँ फिल्ममा पनि त्यति नै पारिश्रमिक लिएर साइन गरेका छन् । यसैबाट पनि अनुमान लगाउन सकिन्छ कि अनमाेल अहिलेका हटकेक हुन् ।

कृ रिलिजपछि चुलिएकाे व्यस्ततासंगै भटाभट चलचित्र साइन गर्न थालेपछि याे वर्ष उनका तीनवटा फिल्म रिलिज हुने देखिएकाे छ । ‘कृका लागि २० लाख पारिश्रमिक लिएका अनमाेलले कृकाे भन्दा दाेब्बर बढी पारिश्रमिक लिएर दुर्इ फिल्म साइन गरेकाे’ भुवनले भने ।

प्रतिक्रिया दिनुहोस्