काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानबीच शिष्टाचार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटमा नेपाल र पाकिस्तानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।…