Logo

भदौ ८ मा नआउने भो ‘क्याप्टेन’, भुवनले लिए २ वटा डेट

युवा स्टार अनमोल केसी को नयाँ चलचित्र “क्याप्टेन”को छायाँकन हुदै छ । छायाँकनको क्रममा रहेको चलचित्रको प्रदशन मिति सार्वजनिक भएको छ । चलचित्रको  प्रदशन मिति भदौ ८ गतेलाई तय गरेको छ ।

हाल छायाँकनका लागि निर्माण टिम मुस्ताङमा रहेको छ। यहि बीच चलचित्रको निर्माण टिमले चलचित्र प्रदशनको घोषणा गरेका हुन् । सोहि मितिमा चलचित्र ‘नाइँ न भन्नु ल ५’ रिलिज हुने तयारीमा रहेको छ। तर अब भने २ वटा ठुला चलचित्रको भिडन्त नहुने भएको छ। भुवन केसीले उक्त मितिमा चलचित्र नआउने बताएका छन्।

  

दिवाकर भट्टराईको निर्देशनमा तयार भैरहेको चलचित्रलाई भुवनले दुइ वटा रिलिज मिति लिएका छन्। अब चलचित्र भदौ २९ अथवा असोज ५ गते प्रदर्शनमा आउनेछ। हाल सम्म भदौ २९ गते कुनै चलचित्रले रिलिज मिति तय गरेका छैनन् भने असोज ५ गते सलिनमान बनियाको यात्रा र शृष्टि श्रेष्ठको ‘बाध मायाले’ रिलिज हुने तयारीमा रहेका छन् । अब यी दुई मितिमा कुन दिन चलचित्र रिलिज होला त्यो भने हेर्न बाकि छ।

 

प्रतिक्रिया दिनुहोस्