Logo

विदेशी भूमिमा खेल्दा देशको बारेमा सोचिरहन्छु, आईपीएलमा खेलुन्जेली नेपाल मात्रै दिमागमा आयो : सन्दिप

काठमाडौं – वेष्ट इण्डिजविरुद्ध टी ट्वान्टी क्रिकेटका लागि आईसीसी ‘वर्ल्ड ११’ मा परेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले विश्वास राखेर अघि बढ्दा सफलता मिल्दै जाने उनले बताएका छन् । हालैमात्र आईपीएल खेलेर स्वदेश फर्किएका उनले त्यसमा राम्रा खेलाडीसँग खेल्न पाएको र नयाँ अनुभव सुनाउँदै देशका लागि खेल्दा आँफु निकै उत्साहित भएको बताए ।

आईपीएलमा खेलुन्जेली नेपाल मात्रै आफ्नो दिमागमा आएको उनले बताए । आईपीएल र वल्र्ड ११ बीचमा धेरै फरक भए पनि मैदानमा हुने खेलमा कतै पनि भिन्नता नहुने र आफूले सक्दो राम्रो गर्ने र यो आफ्ना लागी अर्को नयाँ र ठूलो अवसर भएको सनिदपले बताए ।

खेल्न पाए पनि नपाए पनि क्रिकेटको ठूलो लेभलमा पुग्नु, नयाँ अनुभव भएको बताउने सन्दिप भन्छन् नयाँ नयाँ अनुभवले क्रिकेटमा अझ राम्रो गर्दै अघि बढ्न सहयोग गर्छ । आज राति ९ बजे कतार एयरवेजबाट त्यसतर्फ जान लागेका सन्दिपले ३१ मेमा बेलायतको लड्र्समा देखाउने प्रस्तुती उनी र नेपालका लागी पनि विशेष हुनेछ ।

प्रतिक्रिया दिनुहोस्