Logo

ठुलो सीसीको सवारीमा सरकारले बढायो सडक कर, बाईक देखि कार सम्मकाे कर…(हेर्नुहोस्)

काठमाडौं । सरकारले ठुलो सीसी भएका बाइकको सडक कर बढाएको छ । कुनै पनि सवारी साधन खरिद गर्दा सडक दस्तुर भन्सार तिरेर भित्र्याउने गरीन्छ । त्यो कर सवारीको इन्जिन क्षमताका आधार हुन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर गर्छ । हिजो संसदमा प्रस्तुत भएको बजेटले ४०१ सीसीभन्दा ठूला क्षमताका बाइकमा झण्डै दुई लाख सडक दस्तुर बढाएको छ । १५० सीसीसम्मको बाइकमा ५ हजार रुपैयाँ दस्तुर बढेर १५ हजार पुर्याइएको छ।

त्यसैगरी १५१ देखि २५० सीसीसम्मको बाइकको सडक दस्तुर १८ हजार रुपैयाँ पुगेको छ । यसअघि यो सेगमेन्टका बाइकमा १२ हजार मात्रै कर थियो । अब २५१देखि ४ सय सीसीसम्मका बाइकमा ५० हजार सडक दस्तुर लिनेछ ।

यसमा ३५ हजार सडक दस्तुर बढेको छ । त्यसैगरी ४०१ सीसीभन्दा माथिका बाइकमा सडक दस्तुर मात्रै १ लाख ८० हजारसम्म दस्तुर बढेको छ । यसले अब ठूला क्षमताका बाइकको विक्रीमा प्रभाव पार्न सक्छ । तर सरकारले वाषिर्क रुपमा तिर्नुपर्ने सवारी कर भने वृद्धि गरेको छैन ।

चार पाङगे्र सवारीमा

त्यसैगरी माइक्रोबस, बस, ट्रक, ट्रिपर, ट्रक, मिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपरको सडक दस्तुर यथावत मूल्यको सात प्रतिशत कायमै राखिएको छ ।

अब २००० सीसीसम्मका कार र जीपमा मूल्यको ८ प्रतिशत सडक दस्तुर तिर्नुपर्ने छ । यस्तै २ हजार सीसीभन्दा बढीका जीप र कारमा सडक दस्तुर १० प्रतिशत पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्