Logo

साउथ चलचित्रका स्टारको कति छ शैक्षिक योग्यता ? सुन्दा छक्क पर्छन सबै !

हलिउड र बलिउडमा चर्चित धेरै कलाकार छन् जसको शैक्षिक योग्यता कम रहेको देखिएको छ । त्यस्तै साउथ चलचित्रमा पनि यस्ता थुप्रै स्टारहरु छन् जसको शैक्षिक योग्यता कम रहेको छ ।

साउथका केही स्टारहरुको शैक्षिक योग्यता :

१. धनुष

सुपरस्टार रजनीकान्तको ज्वाँई समेत रहेका नायक धनुषले १० कक्षा सम्म अध्ययन गरेका छन् । साउथको साथै बलिउडमा पनि आफ्नो राम्रो छाप बनाएका धनुष १० कक्षामा अध्ययन गर्दागर्दै चलचित्रमा आएका थिए ।

२. अल्लु अर्जुन

साउथ चलचित्रमा क्षेत्रमा चर्चित नाम हो– अल्लु अर्जुनको । उनले बिबिएमा स्नातक गरेका छन् । चेन्नाइमा जन्मेका अर्जुनले बालकलाकारको रुपमा साउथका दर्जनौँ चलचित्र गरिसकेका छन् भने नायकको रुपमा सन् २००३ मा ‘गैगोत्री’ नामक चलचित्रबाट डेव्यु गरेका थिए ।

३. रजनीकान्त

साउथका साथै बलिउडका सपुरस्टार रजनीकान्तले चलचित्रमा स्नातकोत्तर गरेका छन् । रजनीकान्तको पूरा नाम शिवाजी राव गायकवाड हो । उनले आफ्नो स्नातकोत्तर मद्रास फिल्म इस्टिच्युटबाट गरेका हुन् ।

४.राणा दग्गुबती

राणा दग्गुबती तेलुगु नायक हुनुको साथै फोटोग्राफर पनि हुन् । ‘बाहुबली’मा काम गरिसकेको उनले फोटोग्राफीमा स्नातकोत्तर गरेका छन् ।

६. पृथ्वीराज

मलयाली चलचित्रमा अभिनय गरेका चर्चित पाश्र्व गायक पृथ्वीराजले आईटीमा स्नातक गरेका छन् ।

७. रामचरण तेजा

साउथ चलचित्र क्षेत्रका सुपरस्टार चिरञ्जीविका छोरा हुन्– रामचरण तेजा । उनले विद्यालय तहसम्मको मात्रै अध्यनन गरेका छन् । साउथका हाई पेड नायकको रुपमा चिनिने रामचरणले ‘मगधिरा’ जस्ता सुपरहिट चलचित्रमा काम गरिसकेका छन् ।

८. यश (नवीन कुमार गौडा)
कन्नड चलचित्रमा चर्चित नायक यशले स्नातकसम्म अध्ययन छन् ।

प्रतिक्रिया दिनुहोस्