Logo

विदेशबाट फर्किने नेपालिले नेपालमै खरिद गरेको सुनमा पनि भन्सार लाग्ने नयाँ नियम !

काठमाडौं- सरकारले बजेटमार्फत एक सय ग्राम काँचो सुन महसुल तिरेर ल्याउन सकिने व्यवस्था गरे पनि आर्थिक ऐनमा सुन मात्रै उल्लेख हुदाँ उपयोगमा रहेका गहनामा पनि भन्सार लाग्‍न सक्ने भएको छ।

बिगतमा ५० ग्राम सम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था थियो। काँचो सुन भने पूर्ण प्रतिबन्ध थियो।

मंगलबार देखिलागू भएको नयाँ व्यवस्था अनुसार भन्सार कार्यालयले विदेशबाट फर्किने नेपालिले नेपालमै खरिद गरेको सुनमा पनि भन्सार लिन सक्ने छ।

बजेटले एक सय ग्रामसम्म काँचो सुन ल्याउन सकिने व्यवस्था गरेपनि आर्थिक ऐनमा सुन मात्र उल्लेख हुदाँ सुनका गहनामा पनि कर लाग्‍ने भएको हो।

आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २ सय रुपैयाँ र ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार लिने व्यवस्था गरेको छ।

यो व्यवस्था अनुसार विदेश जादाँ लगाएको ३० ग्रामको सुनको सिक्री र ब्रासलेट लगाएरै नेपाल फर्किदाँ भन्सार कार्यालयले १५ हजार ६ सय रुपैयाँ कर लगाउन सक्ने छ।

नेपालबाट विदेश जानेहरुले भन्सार कार्यालयमा आफूले विदेश जादाँ लगाएको सुन नखुलाई गए फर्किदाँ सो सुनमा कर लाग्‍ने छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख श्याम भण्डारीले काँचो सुन वा सुनका गहनामा आर्थिक ऐनको प्रावधान अनुसार कर लाग्ने जानकारी दिए।

उनले भने, ‘विगतमा सुन र सुनमा गहना भनेर फरक छुट्टयाईएको थियो तर अहिले ऐनले सुन मात्र भनेकाले नेपालीले ल्याउने काँचो सुन वा गहनामा कानून अनुसार कर लाग्ने छ।’

‘भन्सार अधिकृतलाई कसैले लगाएको सुन नेपालमा किनेको हो भन्‍ने थाहा हुँदैन’ भण्डारीले भने, ‘ नेपालीले देश बाहिर जादाँ हाम्रो प्रणालीमा घोषणा गरे बाहेकको विदेशबाट ल्याउने काँचो सुन वा सुनको गहना नियमानुसार कर लाग्‍ने छ।’ देश संसार

प्रतिक्रिया दिनुहोस्