Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

लर्डसमा सन्दीपले बल र ब्याट दुवै चलाए तर चम्किन सकेनन्ः वेस्ट इन्डिज ७२ रनले विजयी


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

इन्डियन प्रिमियर लिग (आईपिएल)मा चम्किएका नेपाली क्रिकेटर सन्दीप लामिछाने विश्व ११ भने चम्किन सकेनन् । गएराति भएको वेस्ट इन्डिजसँगको खेलमा सन्दीप सहभागी टीम ७२ रनले पराजित भएको हो ।

विश्व ११ टीमसँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट प्रतियोगिता वेस्ट इण्डिजले शानदार जित दर्ता गरेको हो । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले पूरै २० ओभर खेल्दै विश्व ११ लाई २०० रनको चुनौती दिएको थियो।

आँधीका कारण भत्किएको वेस्ट इण्डिजको क्रिकेट रंगशाला निर्माणका लागि आयोजना गरिएको च्यारिटी खेलमा दुई सय रनको लक्ष्य पछ्याएको विश्व ११ ले १६ ओभर ४ बलमा १ सय २७ रन मात्र बनाउन सक्यो । पूरै ओभर खेल्न नपाउँदै विश्व ११ अलआउट भएको हो ।

क्रिकेटको मक्का मानिने बेलायतको लर्डसमा भएको खेलमा विश्व ११ का लागि थिसरा परेराले ६१ रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । सन्दीप ४ रनमा नटआउट रहे । विश्व ११ टीमका ६ जना खेलाडी दोहोरो अंकमा रन नजोडी आउट भएका थिए ।

पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले एभिन लेविसको ५७, मार्नोल स्यामुएल्सले ४३ र दिनेश रामदीनले ४४ रनको सहयोगमा १ सय ९९ रन बनाएको थियो । १ ओभर