Logo

बिहेपछि सोनम कपुरको पहिलो काम नै असफल, परिन् सोनम अप्ठ्यारोमा

करिना कपुर खान, सोनम कपुर, शिखा ताल्सानिया र स्वरा भास्कर अभिनित फिल्म ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा परेको थियो । आजबाट प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ । प्रदर्शनअगावै रोक लगाइएपछि वीरे दी वेडिङ थप चर्चामा आएको छ । भारतीय मिडियाले भने फिल्मको व्यापारमा यसले असर पार्ने उल्लेख गरेका छन् ।

पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानको सेन्टर बोर्ड अफ फिल्म सेन्सरले फिल्ममा प्रयोग भएका अश्लील दृश्य र आपत्तिजनक भाषाका कारण फिल्मलाई रोक लगाएको हो ।नयाँ पत्रिकामा खबर छ । ट्रेलरमा जे देखिएको छ, फिल्म हेरेपछि दर्शकको फिल्मप्रतिको नकरात्मक सोच हराएर जाने फिल्म प्रमोसनका क्रममा करिनाले बताएकी छिन् । त्यस्तै, अर्की अभिनेत्री सोनम कपुरले रुढीवादी सोचलाई बदल्नका लागि आफूले यो फिल्म खेलेको स्पष्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्