वीरका नाममा १४ लाख संकलन
कार्यक्रममा उपस्थित धुर्मुसले राम्रो काम गरेका कारण फाउन्डेसनले निरन्तर सहयोग पाइरहेको बताए । उनले भने ‘चन्दा भन्ने शब्दमा म सहमत छैन, धुर्मुस–सुन्तली फाउन्डेसनले राम्रो काम गरेको छ । त्यसबापत सहयोग जुटेको हो ।’ उनले वीर अस्पतालमा जेजस्तो काम भइरहेको छ, त्यो सबै अस्पताल र मन्त्रालयको सहमतिमै भइरहेको पनि बताए । धुर्मुसलेले अभियानका नाममा हालसम्म १४ लाख ६४ जार ८ सय ३५ रुपैयाँ उठेको जानकारी दिए । रंगरोगनका नाममा हालसम्म ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा करिब १० लाख लागतमा वीर अस्पतालमा रगरोगन भएको थियो ।नयाँ पत्रिकामा खबर छ ।
टेन्डरविना लाखौँको काम
नियमअनुसार ५ लाखभन्दा बढी रकमको काम गर्नुपरे सार्वजनिक रूपमा टेन्डर आह्वान गर्नुपर्छ । वीर अस्पतालका निर्देशक प्राडा। भूपेन्द्र बस्नेतका अनुसार समस्या भएको अवस्थामा ५ लाखसम्म विनाटेन्डर काम गर्न सकिन्छ । त्यसभन्दा माथिका लागि टेन्डर अनिवार्य हुन्छ । तर, विनाटेन्डर सरकारी खर्चमा वीर अस्पतालमा ४८ लाखमाथि खर्च भएको छ ।
प्रतिक्रिया