Logo

ओली सरकारको एक हिस्सा बन्यो फोरम : उपेन्द्र यादव स्वास्थ्यमन्त्री, इस्तियाकले पाए शहरी विकास

संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी हुने भएको छ। फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अर्का मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

उपेन्द्र यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री भएका थिए। त्यस्तै २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पनि यादव उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए । शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहम्मद इश्तियाक रार्इले ३१ वर्षकै उमेरमा श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री बनेर चर्चा कमाएका थिए।

प्रतिक्रिया दिनुहोस्