Logo

“म रोएको होइन मलाई मिडियाले रुवाएको हो” आक्रोस हुदैं मिडियामा आए गजेन्द्र बहादुर महत

हिजो सांसद गजेन्द्र बहादुर महत अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रोएको भन्दै समाचार आए पछि आज उनले  एक अन्तवार्तामा आफनो विचार राखेका छन । २०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा विहिबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत बैठकमै रोएका हुन् । समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको टिप्पणी उनले गरे।

उनले भने ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाईन्छ भन्या? हामीलाई तह लगाउन पाईन्छ? हामीलाई अपमानित गर्न पाईन्छ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाईन्छ भन्या? कोही मन्त्री हुदैमा पाईन्छ? त्यो अधिकार कसैलाई छ चाहिने कुरा गर्नुहोस् न भन्या। चाहिएको छैन हामीलाई ४ करोड? ४ करोडले आफुहरुको असाध्यै अपमान गरेको भन्दै उनले भने ‘स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्य बसालेर विनियोजन गर्नुपर्ने? कहि मिल्ने कुरा हो। कसैले सहन्छ?’

आफ्नो विरोधले केही नहुने जान्दा जान्दै पनि आफुले बजेटप्रतिको असन्तुष्टी राख्नु परेको उल्लेख गर्दे उनले भने ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन। कमजोर बस्तुको बचाउ गरिन्छ बलियो बस्तुको सायद बचाउ गरिन्न। सितिमिति सायद यो हल्लिदैन। स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो तपाईहरुको विरोधले मलाई केही हल्लाउदैन। मैले त्यही शब्द सापटी लिएँ। विरोधले खासै हल्लिने देख्दिन। तर पनि बजेटले मलाई हल्लाईरहेको छ। हुम्लालाई हल्लाईरहेको छ।’

बजेट शहर केन्द्रीत भएको भन्दै उनले कर्णाली र जुम्लालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गरे। उनले भने ‘बजेट मेरा लागि आकाशको फल आखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न हर्ष न विस्मात छ। मेरा लागि र मेरो जुम्लाका लागि।’ रोजगारीको जिम्मा सबै बैंकलाई र स्वास्थ्यको जिम्मा बिमा संस्थानलाई दिने सरकारको नीति गलत भएको टिप्पणी गरे।

उनले भने ‘हिजोका सामन्त र मुखियाहरुले आज बैंक थापेर बसेका छन्। जसलाई रोजगारीको जिम्मा लगाईएको छ। स्वास्थ्यको जिम्मा बिमा संस्थानलाई लगाईएको छ। कर्णाली र जुम्लाका जनता विमाको कागत लिएर कहाँ जाने? काठमाडौं आउन जान ५० हजार भाडा लाग्छ। बिमा कागज लिएर म कता जाने?’ सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै उनले अनुपस्थित सांसदहरुप्रति सभामुखको ध्यानाकर्षण गराए। उनले सांसदलाई अपमान नगर्न अर्थमन्त्रीलाई सचेत पनि गराए। उनले भने ‘अर्थमन्त्रीले सोच्नुहोस् कोही मन्त्री हुदैमा सांसदलाई अपमानित गर्न पाईदैन।’ उनले भनेका छन म रुन आएको होइन लड्न आएको हो भनेका छन् थप जानकारीको लागि भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्