Logo

तरुण दलका क्षेत्रीय सभापति लिम्बु पक्राउ

काठमाडौं । प्रहरीले धाकधम्की दिएको आरोपमा तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, इटहरीले लिम्बुलाई आज पक्राउ गरेको हो ।

घरायसी विवादमा लिम्बुले भाउजुलाई धाकधम्की दिएको जाहेरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । सुनसरी जिल्लाका प्रहरी पमुख डिएसपी शिवकुमार श्रेष्ठका अनुसार परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो । यसअघि तरुण दल सुनसरीकै सभापति सिजन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो  ।

लिम्बुको सम्बन्धमा अनुसन्धान भईरहेको सुनसरीका प्रहरी प्रमुख श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्