Logo

माथीबाट खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो

पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डमा ढुंगाले लागेर एक जनाको ज्यान गएको छ । मोटरसाईकलमा सवार रम्भा गाउँपालिका–४ का ३४ वर्षीय मोहन रेश्मीको ढुंगाले लागेर ज्यान गएको हो ।

माथिबाट ढुंगासँगैको पहिरोमा परेर उनको ज्यान गएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।उनी आज बिहानै नेपालगञ्जका लागि घरबाट हिँडेको परिवारका सदस्यले जानकारी दिएका छन् ।

पहिरोका कारण गएराती रातिदेखि अवरुद्ध पाल्पा बुटवलको बाटो आज साँझ ५ बजे मात्रै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्