Logo

कुबेतमा घरायसी काम गर्ने एक महिलालाइ मारेर एक वर्षदेखि फ्रिजरभित्र बन्द गरि लुकाईराखेपछि….!

साथै कामको सिललिामा फिलिपिनोहरूलाई कुबेत जान रोक लगाउनुपर्ने माग बढ्न थालेको छ। फिलिपिनी विदेश विभागले यस हत्याकाण्डमा उत्तिकै संलग्नता रहेको आशंका गरिएकी लेबनानी नागरिक अस्साफकी सिरियाली पत्नी मोना पनि फरार रहेको र उनी सिरियामा लुकेर बसेको अनुमान गरेको छ। यिनीहरू दुवैलाई अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्न इन्टरपोलले सहयोग गरिरहेको छ। अस्साफको गिरफ्तारीप्रति फिलिपिन्सका विदेशमन्त्री अलान पिटर कायतोनोले खुसी प्रकट गरेका छन्। १ वर्षदेखि बन्द रहेको अस्साफको अपार्टमेन्टमा यसै महिना फेला परेको शवमा चोटका चिन्हहरू रहेको प्रहरीले जनाएको छ।

यस घटनापछि घरेलु कामदारको रूपमा कार्यरत १ हजार जनाभन्दा बढी फिलिपिनोलाई कुबेतबाट फर्काइएको छ। फिलिपिनी विदेश विभागले कुबेतमा अझै आफ्ना २ लाख ५२ हजार नागरिक कार्यरत रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्