Logo

रणबीर र सोनम फेरि एकसाथ

जेठ ११ – बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् । पोस्टरमा सोनम र रणबीरको जोडी निकै सुन्दर देखिएको छ ।

सञ्जय दत्तको जीवनीमा बनेको यस बायोपिकमा अभिनेता रणबीर कपूर सञ्जय दत्त बनेका छन् । फिल्ममा सञ्जय दत्तकी प्रेमिका टिना मुनीमको भूमिका सोनम कपूरले निर्वाह गरेकी छिन् । यसअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ भने फिल्मको ट्रेलर मे २९ मा रिलिज हुनेछ ।

यसअघि रिलिज भएको टिजरले फिल्मको चर्चा निकै चुल्याएको छ । दर्शकहरु सञ्जय दत्तको जीवनीमा आधारित यस फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

फिल्ममा सञ्जय दत्तका बुवा सुनिल दत्तको भूमिका परेश रावलले अभिनय गरिरहेका छन् भने आमा नरगिसको भूमिकामा अभिनेत्री मनिषा कोइराला र सञ्जयकी श्रीमतिको भूमिकामा अभिनेत्री दिया मिर्जाले अभिनय गरिरहेका छन् ।

 

फिल्ममा सञ्जयको जीवनमा आएका उतार चढावलाई देखाइनेछ । सञ्जयको युवा अवस्थाको रमाइला, नशाको लतको शिकार बनेकोदेखि जेलसम्म पुगेको दिनहरुलाई यस फिल्ममा चित्रण गरिएको छ ।  फिल्मका लागि अभिनेता रणबीरले निकै मेहनत गरेका छन् ।

यो फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका छन् । फिल्म ‘सञ्जु’ जून २९ मा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्